|  

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा एक जनाको मृ#त्यु

३ भदौ, काठमाडौं ।  कैलालीको बर्दगोरिया–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ ।

गएराति वनमा गएका विश्वकर्माको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनासँगै वनमा गएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

बन्दुक कसले र किन चलायो तथा गोली विश्वकर्मासँग रहेको बन्दुकबाटै चलेको हो कि होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।