|  

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता रोक्न निर्देशन दिएका छन् ।

ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता अघि नबढाउने निर्णय गरेका हुन् । अमेरिकी अधिकारीका अनुसार अमेरिका र इरानबीच अहिलेसम्म सकारात्मक छलफल भएको थियो ।

तर, ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन् ।