|  

कर्णालीमा सरकार विस्तार अनिर्णीत, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

३ भदौ, काठमाडौं ।  कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज बुधबार दिउँसो ३ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

साउन १२ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिन बित्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।

सत्ता साझेदार दुई दलबीच मन्त्रालय बाँडफाँटमा ४–३ को सहमति भए पनि शक्तिशाली मन्त्रालयको जिम्मेवारीबारे सहमति जुट्न सकेको छैन।