|  

मङ्सिर १ देखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ, काठमाडौं ।   काठमाडौं उपत्यकामा आउँदो मंसिर १ गतेदेखि मासु जाँच अनिवार्य हुने भएको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन चरणबद्ध रूपमा लागू गर्ने जनाएको छ।

उपत्यकाका सबै पालिकामा मंसिर १ देखि र उपत्यकाबाहिरका महानगर, उपमहानगर तथा नगरपालिकामा माघ १ गतेदेखि ऐन लागू हुनेछ।

 

Meat-law-1787108508.jpg