३ भदौ, काठमाडौं । रुसले गोप्य मार्ग प्रयोग गरी इरानको सैन्य भण्डार मजबुत बनाउन सहयोग गरिरहेको छ ।
रुसले इरानलाई टीएनटी विस्फोटक पदार्थ, ड्रोनका पार्टपुर्जा तथा गोलाबारुद पठाइरहेको स्रोतले जनाएको छ । एक युरोपेली सरकारको दस्तावेजलाई उद्धृत गर्दै भू–उपग्रह तस्बिरहरूले ब्यालिस्टिक मिसाइल निर्माणका लागि आवश्यक केही पार्टपुर्जासमेत पठाइएको हुन सक्ने जनाइएको छ ।
अमेरिका र इजरायलसँगको हालैको युद्धका क्रममा इरानको सैन्य भण्डारमा उल्लेख्य कमी आएको थियो ।रुसले यसका लागि क्यास्पियन सागरको मार्ग प्रयोग गरिरहेको छ । क्यास्पियन सागरसँग रुस, इरान, काजाकिस्तान, तुर्कमेनिस्तान र अजरबैजानको सीमा जोडिएको छ ।
यो समुद्री मार्गले पश्चिमी देशहरूको निगरानीबाट जोगिन मद्दत पुर्याउने बताइएको छ । यहाँबाट गुड्ने जहाजले आफ्नो ट्रयाकिङ सिस्टम बन्द गर्न सक्ने भएकाले तिनको आवतजावत पत्ता लगाउन निकै कठिन हुने बताइएको छ ।
युक्रेन युद्धका क्रममा इरानले रुसलाई साहेदजस्ता ड्रोन उपलब्ध गराएको थियो । अहिले रुसले इरानको घटेको सैन्य भण्डार पुनः भर्न सहयोग गरिरहेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar