|  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ८ विदेशी नागरिक पक्राउ

३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिकलाई पक्राउ परेका छन् ।

विमानस्थलमा ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित ५ जना म्यानमारका र तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

म्यान्मारका नागरिक थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका थिए। भारतीय भने थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका थिए।

प्रहरीले गाँजासहित ८ थान राहदानी र ८ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।