|  

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ भदौ, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला तीन लाख  चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।