०३ भदाै, काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रश्तुतिबारे आन्तरिक छलफल गरेको छ ।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा उक्त छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसद्मा प्रश्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ । पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना गरिएको हो । छलफलका क्रममा जनताका मुद्दाहरूलाई संसद्मा कसरी प्रभावकारी र मर्यादित ढङ्गले प्रश्तुत गर्ने भन्ने विषयमा पनि विचार-विमर्श जारी छ । संसद्मा पार्टीका तर्फबाट हुने प्रश्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिनुभएको बताइएको छ।
रास्वपाका सांसदहरूले संसदीय समिति र संसद्मा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको भनी बाहिर भइरहेको टिप्पणीलाई मध्यनजर गर्दै पार्टीले आन्तरिक सुधारको प्रयास थालेको हो ।–न्युज एजेन्सी नेपाल




Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar