|  

रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ।

सरकारको कामकारबाही र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न मन्त्री तथा सांसदलाई अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको थियो।