|  

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी, प्रधानमन्त्री अनुपस्थित

३ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। सभापति रवि लामिछानेले बोलाएको बैठकमा मन्त्रीहरू पनि उपस्थित छन्।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, ग्यास तथा मल अभाव र सरकारको कामकारबाहीबारे छलफल भइरहेको छ।

सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसदहरूले आलोचना गरिरहेका बेला बैठक बोलाइएको हो।

सभापति लामिछानेले बोलाएको बैठकमा प्रधानमन्त्री तथा दलका नेता बालेन्द्र शाह भने उपस्थित भएका छैनन्।