३ भदौ, काठमाडौं । टिकटकले प्रयोगकर्ताहरूलाई डाइरेक्ट मेसेज (डीएम)मार्फत एकअर्कालाई पैसा पठाउन सकिने सुविधा ल्याउनेबारे परीक्षण गरिरहेको खुलेको छ ।
यो सुविधा कार्यान्वयनमा आएमा सामाजिक सञ्जालबाट वित्तीय सेवातर्फ आफ्नो विस्तारलाई थप अघि बढाउने टिकटकको प्रयास सफल हुने देखिएको छ । ब्लुमबर्गमा प्रकाशित रिपोर्ट अनुसार विकासकै क्रममा रहेको यो सुविधा सार्वजनिक भएमा कारोबार व्यवस्थापनका लागि दक्षिणपूर्वी एसियामा यसअघि नै उपलब्ध ‘टिकटक पे’ सेवा प्रयोग गरिनेछ ।
टिकटकको अमेरिकी आईफोन एपको हालको संस्करणभित्र लुकाइएको कोडमा यससम्बन्धी प्रमाण भेटिएको हो ।कोडमा उल्लेख भए अनुसार, प्रयोगकर्ताले आफूलाई पठाइएको रकम तोकिएको समयसीमाभित्र ‘ट्याप टु एक्सेप्ट’ गरेर स्वीकार गर्न सक्नेछन् ।
रकम पठाउने व्यक्तिले पनि कारोबारको अवस्थाबारे पुस नोटिफिकेसन वा इनबक्समार्फत जानकारी पाउनेछन् ।त्यसैगरी, रकम पठाउँदा त्यससँगै सन्देशसमेत जोड्न सकिने सुविधाको सङ्केत कोडमा भेटिएको छ । यो सुविधा पेपालको भेनमो सेवामा रकम पठाउँदा लेख्न मिल्ने सन्देश वा क्याप्सनजस्तै हुनेछ ।
टिकटकले प्रयोगकर्ताबीच रकम पठाउने यो सुविधा अन्ततः सार्वजनिक गर्ने कुनै ग्यारेन्टी भने छैन । यद्यपि, यसका लागि भइरहेको इन्जिनियरिङसम्बन्धी कामले टिकटकको विश्वव्यापी मातृ कम्पनी बाइटडान्स लिमिटेडले यस्तो सेवा विस्तार गर्ने सम्भावनाबारे खोजी गरिरहेको देखाउँछ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar