|  

तपाईंहरूले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस् भारतीय सेना तपाईंहरूको साथमा उभिएको छः धीरज सेठ

३ भदौ, काठमाडौं ।  भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि भारतीय सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरामा बुधबार आयोजित पेन्सन क्याम्पमा भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै सेना प्रमुख सेठले भूतपूर्व सैनिकहरू भारत–नेपाल सम्बन्धका जीवन्त प्रतिनिधि भएको बताए ।

भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिकको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको हित र कल्याण भारतीय सेनाको जिम्मेवारी भएको उल्लेख गरे ।

‘तपाईंहरूको हित, वेल्फेयर र सुविधाका लागि जे–जति सम्भव हुन्छ, हामी पूरा निष्ठा र समर्पणका साथ गर्नेछौँ,’ उनले भने, ‘तपाईंहरूले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस् । भारतीय सेना सधैँ तपाईंहरूको साथमा उभिएको छ ।’