|  

भोट फिर्ताबारे गृहमन्त्रीले भनेः आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?

३ भदौ, काठमाडौं ।  गृहमन्त्री सुदन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्तिलाई जोक गरेको बताएका छन् ।

बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मतदातासँग जोक गरेको बताएका हुन् ।

‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’,गुरुङले भने ।