०३ भदाै, काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई राष्ट्रपति पदप्रति कुनै लोभ नरहेको स्पष्ट पारेका छन्।
नयाँ पुस्तालाई समर्थन गर्दै आफू अघि बढ्दा राष्ट्रपति बन्न खोजेको भन्ने टिप्पणीप्रति उनले असन्तुष्टि जनाएका हुन्। गोरखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफू कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति बन्ने चाहना नरहेको बताए।उनले वर्तमान प्रणालीमा राष्ट्रपतिको भूमिका सीमित रहेको उल्लेख गर्दै आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको धारणा दोहोर्याए। ‘राजनीतिमा नयाँ पुस्ताको कुरा गर्दा र समर्थन गर्दा बाबुराम फेरि नयाँतिर लाग्यो, राष्ट्रपति हुन खोजेको हो भन्ने कुरा गर्छन्। अहिलेको प्रणालीमा राष्ट्रपति त खोपीको देउताजस्तो हो,’ उनले भने, ‘म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हुँ।’
भट्टराईले आफूले कुनै विषयमा विचार राख्दैमा त्यससँग सम्बन्धित पदको आकांक्षा राखेको अर्थ लगाउन नहुने बताए। विगतमा पनि आफ्नो विचार र सुझावकै आधारमा आफू कहिले मेयर, कहिले पुनर्निर्माण प्राधिकरणको प्रमुख र कहिले बूढीगण्डकी आयोजना प्रमुख बन्न खोजेको भन्दै आलोचना भएको उनले स्मरण गरे। ‘कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ,’ उनले भने।भट्टराईले राजनीतिक बहसलाई पदको आकांक्षासँग जोडेर हेर्नुभन्दा आफूले उठाएका विचार र मुद्दामाथि बहस गर्नुपर्नेमा जोड दिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar