०३ भदाै, काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत सेवा पु¥याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बुधवारको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले भौगोलिक विकटताका बाबजुद पनि कर्णालीको विद्युतीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठकाअनुसार कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ८२ वडा पूर्ण रूपमा र ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छन् । बाँकी १६४ वडामा राष्ट्रिय प्रशारण लाइन पु¥याउन कार्ययोजनासहित काम भइरहेको उहाँले बताउनु भयो । सदनलाई जानकारी दिँदै मन्त्री श्रेष्ठले कर्णालीमा हालसम्म २०७ वटा साना तथा लघु जलविद्युत आयोजनाबाट ६ हजार ७१९ किलोवाट र २३ वटा सौर्य मिनी ग्रिडबाट १ हजार ७०९ किलोवाट विद्युत उत्पादन भई करिव ७० हजार घरधुरी लाभान्वित भएको बताउनु भयो । दैलेखको चुप्रा सबस्टेशन आगामी पुसभित्र सम्पन्न हुने र दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रशारण लाइनको बोलपत्र प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले कालिकोट लगायतका जिल्लामा असुरक्षित विद्युत् प्रशारणका कारण सात जनाको ज्यान गएको भन्दै अलपत्र तार र पोलहरूको व्यवस्थापनबारे प्रश्न उठाउनुभएको थियो । जवाफमा मन्त्री श्रेष्ठले करेन्ट लागेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रशारण लाइनको सुरक्षा र गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कर्णालीमा मर्मत कार्य सहज बनाउन वागमती प्रदेशबाट एउटा क्रेन समेत हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले कर्णालीको विद्युतीकरणलाई दुई चरणमा सम्पन्न गर्ने कार्ययोजना पेश गर्नुभयो । पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालिकोट, जुम्ला र मुगुमा वितरण प्रणाली विस्तार गरिनेछ भने दोस्रो चरणमा माथिल्लो डोल्पामा ३३ र ११ केभी सबस्टेशनसहितको विद्युतीकरण सुनिश्चित गरिनेछ । प्रशारण लाइन विस्तारका सम्बन्धमा उहाँले भन्नुभयो, ‘१३२ केभी सुर्खेत सबस्टेशन सञ्चालनमा आइसकेको छ भने सुर्खेत–दैलेख ३२ किलोमिटर डबल सर्किट प्रशारण लाइन आगामी असारभित्रै सम्पन्न गर्ने लक्ष्य छ । हावाहुरी र भौगोलिक कठिनाइले गर्दा पोल ढल्ने र तार भुइँमा खस्ने समस्या देखिएको छ । यसलाई व्यवस्थित गर्न राइट अफ वेको अवधारणा कार्यान्वयन गर्ने र पुराना संरचना मर्मत गर्ने कार्यलाई तीव्रता दिइनेछ ।’
सरकारले विद्युतीकरणको बजेटलाई केन्द्रीकृत गर्नुको साटो सिधै वितरण केन्द्र र प्रदेश कार्यालयहरूमा पठाउने नीति लिएको बताउँदै उहाँले स्थानीय जनप्रतिनिधिहरूलाई समन्वय र अनुगमनमा सक्रिय हुन आग्रह गर्नुभयो । साथै, एशियाली विकास बैंकको सहयोगमा दैलेख, रुकुम पश्चिम र जुम्लामा ८ मेगावाटको ग्रिड कनेक्टेड सौर्य आयोजना र दैलेखमा ३० मेगावाटको सौर्य विद्युत आयोजना पीपीएको अन्तिम चरणमा रहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar