०३ भदाै, काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपूर्जा माग्नुलाई नकरात्मक रुपमा लिन नहुने बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको बताउनु भयो । किसानको जग्गाको क्षेत्रफलका आधारमा प्राविधिकको सिफारिसअनुसार मलको मात्रा निर्धारण गर्न लालपूर्जा वा जग्गाको विवरण मागिएको उहाँको भनाई छ । उहाँकाअनुसार मल आपूर्ति तथा वितरणमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकारबीच समन्वय भइरहेको छ । केन्द्र सरकारले मल आपूर्ति गर्ने तथा प्रदेश र स्थानीय तहले वितरणमा सहजीकरण गर्ने व्यवस्था रहेको उहाँले बताउनु भयो । कृषिको कार्यान्वयन स्थानीय तहले गर्ने र मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको उहाँको भनाई छ । मन्त्री चौधरीले यसपटक मध्ये पुर्वको द्वन्द्वका कारण मल आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गर्नुभयो । यद्यपि, सरकारले भारतसँग जीटुजी सम्झौतामार्फत तथा अन्य स्रोतबाट समेत मल ल्याउने प्रक्रिया अघि बढाइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘लालपूर्जा किन चाहिन्छ भन्ने कुरा बुझ्नुप¥यो । हामीले मल जति पनि हाल्न पाइन्छ त ? टेक्निकली तपाईंहरू सोच्नुस्, मल जति पनि हाल्न पर्दैन । टेक्निसियनले दिएको सुझाव अनुसार अनुसार हाल्ने हो, त्यही भएर हामीले उहाँहरूको जग्गाका विवरण कति हो, उहाँहरूलाई चाहिँ कति जग्गा छ र त्यो अनुसारको हामीले टेक्निसियनले सजेस्ट गरे अनुसारको मल वितरण गर्छौं । लालपूर्जा देखायो भन्दैमा त्यसलाई नेगेटिभ न्यारेटिभ नबनाउनुस् । हामीले कति जग्गामा कति मल हाल्ने हो त्यो अनुसारको टेक्निकल लिड्समा काम गर्ने हो । हामी संघ, प्रदेश र स्थानीय तहको सरकारमा छौँ । केन्द्र सरकारले आपूर्ति गर्ने र प्रदेश सरकार र स्थानीय तहले वितरण प्रणालीमा सहजीकरण गर्ने गर्छ । कृषिको कार्यान्वयन स्थानीय तहले गर्छ । मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको छ । हामीले मिलाएर काम गर्दैछौँ ।’
उहाँले साउन १ देखि २७ गतेसम्म करिब ६२ हजार मेट्रिक टन मल किसानकोमा पठाएको जानकारी दिनुभयो । ६४ हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षका लागि करिब २ लाख ८०० मेट्रिक टन मल भित्रिने क्रममा रहेको पनि ८८ उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय बजारबाट मल ल्याउनुपर्ने भएकाले प्राविधिक तथा ढुवानीसम्बन्धी कारणले कहिलेकाहीँ आपूर्तिमा ढिलाइ हुने मन्त्री चौधरीले बताउनु भयो । वर्षायाममा मल भिज्नसक्ने जोखिम रहेकाले ढुवानीमा थप सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । मल वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले अनलाइन प्रक्रियासमेत अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । किसानले मल वितरणसम्बन्धी विवरण अनलाइन प्रणालीबाट समेत हेर्नसक्ने व्यवस्था मिलाइरहेको मन्त्री चौधरीले बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar