०३ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्न पाउनुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले रास्वपाको क्यान्डिडेट क्लवमा विश्वभरीका पार्टी कार्यकर्तामार्फत उम्मेदवार चयन गर्ने प्रक्रियाको शुभारम्भ भएको उल्लेख गर्दै प्रवासमा रहेका नागरिकले समेत आउँदो स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउनुपनेृ बताउनु भयो । महामन्त्री आचार्यले विदेशमा रहेका नागरिकको नोट चल्ने तर भोट नचल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने पार्टीको नीति रहेको समेत बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा संसारभर रहेका नेपाली नागरिकले मतदान गर्ने कुराको सुनिश्चित हुनेगरी काम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘हामी चाहन्छौँ यो पटकको स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीहरुले भोट हाल्न पाउन् । त्यसका लागि जे जे कानूनी कामहरु गर्नुपर्नेछ त्यसको शुरु गरौँ । त्यसको प्राविधिक पाटो अझ बढी पेचिलो हुन्छ । हामीले भन्ने गरेका छौँ नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । त्यसकारण म सभामखुमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । यो पटकको स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले भोट हाल्न पाउनुपर्ने कुरालाई प्राथमिकतामा राखेर आजैबाट त्यसको काम शुरु गरियोस् ।’
करिव ४० लाख नेपालीहरू विदेशमा रहेका छन् । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar