०३ भदाै, काठमाडाैं । प्रतिनिधि सभाका सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताउनु भयो । उहाँले हाम्रो छोरीहरु कहाँ सुरक्षित छन् ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले छोरीको जीवनभन्दा ठूलो केही नहुने भन्दै अपराधीलाई, उमेर, लिंग वा शक्तिका आधारमा उम्किन दिन नहुने बताउनु भयो । उहाँले बालिका तथा महिलामाथी हुने यौन हिंसाका घटनामा शुन्य सहनशीलताको नीति लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले कानून बनाई बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न समेत माग गर्नुभयो ।
रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरवाही गरिरहेको आरोप लगाउनु भयो । उहाँले घटना दर्ता भएपछि पनि प्रहरीले सक्रिय नहुनु गम्भीर विषय भएको बताउनु भयो । उहाँले प्रहरीको एक्सन लग सार्वजनिक गरी दोषि प्रहरीमाथि कारबाही समेत माग गर्नुभयो । बाराको जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलवार एउटा घरको खाली कोठामा फेला परेको थियो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar