०३ भदाै, काठमाडाैं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको निकाशका लागि तीन वटा विकल्पन रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो । उहाँले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारैदिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो । उहाँले वर्तमान सरकार सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाउनु भयो । उहाँले भन्नुभयो,‘...रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीति नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको अविलम्ब पुनर्गठन गर्न पहल गर्नुपर्दछ । सम्माननीय सभामुख महोदय अन्तिम विकल्प बाँकी छ । अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्र्थापना गर्न छिट्टै चारैदिशाबाट २००७, २०४७, २०६५ सालको भन्दा विशाल, अल्कपनीय जनसुनामी आउनेछ । किनभने इतिहासले भन्छ संकटको गर्भबाट खसमाधान जन्मिन्छ । प्रश्नको मर्मबाट उत्तर जन्मिन्छ ।’
उहाँले सरकारको कार्यशैलीले नागरिकको मौलिक हकमाथि समेत प्रहार भइरहेकोतर्फ समेत सचेत गराउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar