|  

प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

०३ भदाै,काठमाडाैं । प्रधानमन्त्री बालेन शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम र हासिल गर्ने उपलब्धिसहित कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरूले सम्झौतामा हस्ताक्षर गरी प्रति आदानप्रदान गरेका हुन्। सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन समेटिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।