|  

एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारत जाँदै

४ भदौ, काठमाडौं । जापानमा हुने २० औँ एसियाली खेलकुदको प्रशिक्षणका लागि ३ जना खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ ।

भारतको बैंगलुरुमा हुने प्रशिक्षणमा खेलाडीहरू प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले हिजो नै बिदाइ गरे ।

उनीहरूले रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछन् । टोली भदौ २३ गते स्वदेश फर्किने छ ।