|  

एकैदिन ९३ सयले बढ्यो सुन, प्रतितोला कति पुग्यो ? 

४ भदौ, काठमाडौं ।  साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ९३ सय रुपैयाँले बढेको हो । 
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा २६० रुपैयाँ बढेर प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।