|  

निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्ः खगेन्द्र सुनार

४ भदौ, काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए ।

उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन् । उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए ।

‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं । त्यो आयो कि आएन? फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्’ सांसद सुनारले भने ।