|  

जापानमा रेलको ठक्करबाट ४ जना कामदारको मृ#त्यु

४ भदौ, काठमाडौं ।  जापानमा रेलले ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ । रेलमार्गमा काम गरिरहेका कामदारलाई रेलले ठक्कर दिएको जनाइएको छ ।

बिहीबार बिहान करिब १०ः४६ बजे टोकियोको उत्तरतर्फ रहेको शिन–कानुमा स्टेसनमा घटना भएको अधिकारीहरूले बताएका छन् ।

कामदारहरू रेलको ट्र्याकमा उम्रिएको झारपात हटाउने काम गरिरहेका बेला तीव्र गतिमा आएको रेलले उनीहरूलाई ठक्कर दिएको हो ।

आपत्कालीन उद्धार टोली घटनास्थलमा पुग्दा तीन जना कामदार रेलमुनि फसेका थिए भने अर्का एक जना प्लेटफर्ममा रहेको प्रहरीले जनाएको छ । चारै जनाको मृत्यु भएको पुष्टि गरिएको छ  ।