०४ भदाै,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गर्नुभएको छ।
बिहीवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राईले प्रधानमन्त्रीले बोलाएर विषयबारे छलफल गर्न सक्ने बताउनुभयो। उहाँले आफूहरू प्रधानमन्त्रीसँग छलफलका लागि गएको स्पष्ट पार्नुभयो। राईले पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा दायर भइसकेकाले अभियोजनपत्र हेरेर आयोगको निर्णयमा कुनै कैफियत भए-नभएको मूल्याङ्कन गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। ‘कैफियत बिना हामीले मुद्दा लगेको अवस्था छैन,’ उहाँले भन्नुभयो।
यसअघि पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयमा आफूलाई करिब सात घण्टा राखेर मुद्दा चलाउन दबाब दिइएको विषय सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर सांसदहरूले बिहीवारको समितिको बैठकमा प्रमुख आयुक्त राईसँग प्रश्न गरेका थिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar