५ भदौ, काठमाडौं । पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको तीन दिनपछि एकजना ८४ वर्षीया वृद्धालाई उनको घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।
शनिबार बिहान इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर कम्तीमा ७३ जनाको मृत्यु भएको थियो भने ९०० भन्दा बढी मानिसहरू घाइते भएका थिए । त्यस्तै, लगभग ६०,००० जना विस्थापित भएका थिए ।
भूकम्पपछि गएको पहिरोले नितुङलिया गाउँ जाने बाटो अवरुद्ध हुँदा ८४ वर्षीया पाउलिना पोबी तीन दिनसम्म भत्किएको घरको बाँसको पर्खालमुनि पुरिएकी थिइन् ।
पक्षाघातका कारण उनी चल्न र बोल्न नसक्ने भएकाले परिवारले मंगलबार मात्र उनलाई फेला पारेको थियो। उद्धारपछि उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्र लगिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar