|  

रास्वपाले टुंग्यायो विभाग प्रमुख, प्रवक्तामा जगदीश खरेल

०५ भदाै, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न विभागको नेतृत्व टुंगो लगाएको छ।

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले विभाग प्रमुखसहित प्रवक्ताको नाम अनुमोदन गरेको हो। बैठकबाट संगठन विभागको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिइएको छ।

त्यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी र अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाललाई जिम्मेवारी दिइएको छ। अर्थ विभागको नेतृत्व लीमा अधिकारीले गर्ने भएकी छन्।

यसैगरी, रास्वपाले पार्टीको प्रवक्ताको जिम्मेवारी पूर्वमन्त्री जगदीश खरेललाई दिएको छ। केन्द्रीय समिति बैठकले पार्टीको सांगठनिक संरचना तथा विभागीय जिम्मेवारीलाई थप व्यवस्थित बनाउने क्रममा नयाँ नेतृत्व चयन गरेको हो। बैठकमा पार्टीका आगामी राजनीतिक तथा सांगठनिक गतिविधिबारे समेत छलफल भइरहेको छ।