|  

रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित

०५ भदाै, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टी केन्द्रिय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको केन्द्रिय सदस्य मनिष झाले जानकारी दिएका हुन् । उनकाअनुसार बैठकले कोषाध्यक्षमा डा.मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ ।

यद्यपि पार्टी केन्द्रिय समितिले अझै पूर्णता पाएको छैन । पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनीत हुन बाँकी रहेको छ । –न्युज एजेन्सी नेपाल