|  

प्रधानमन्त्री बालेन शाह पारिवारिक भ्रमणमा कास्कीको अस्ताम पुगे

०५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका-६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।

उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णतस् पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् । उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।