|  

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

६ भदौ, काठमाडौं ।  पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गत साउन १५ गते दिउँसो किशोरले बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। सोही क्रममा घटना भएको बताइएको छ।

पीडित बालिकाले किटानी जाहेरी दिएपछि प्रहरीले आरोपी किशोरलाई पक्राउ गरी अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।