|  

प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने

६ भदौ, काठमाडौं ।  परिवारका सदस्यसहित निजी भ्रमणका लागि शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै मुस्ताङ गएका हुन्। मुस्ताङमा प्रधानमन्त्री शाहले प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।