|  

पारिश्रमिक वृद्धिपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

६ भदौ, काठमाडौं ।  सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँ बढाउने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

परिषद्ले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको स्वागत गरेको छ। साथै सेवा सुविधा, वृत्तिविकास, सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत माग पनि सम्बोधन गर्न आग्रह गरेको छ।

पारिश्रमिक वृद्धिपछि प्रारम्भिक बालविकास ९ईसीडी० सहजकर्ताले १७ हजार, विद्यालय सहयोगीले १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीले मासिक २० हजार रुपैयाँ पाउने भएका छन्।