|  

काठमाडौंको होस्टलमा छोराको ह#त्या, खबर सुनेर दाङमा आमाको मृत्यु !

७ भदौ, काठमाडौं ।  काठमाडौंमा एक छात्रावासमा बसेर अध्ययन गरिरहेका छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको पनि निधन भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ जनप्रिय टोलका वसन्त कालाथोकीको शुक्रबार काठमाडौंमा हत्या भएको थियो । 

वसन्तको काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको खबर सुनेकी उनकी आमा ३८ वर्षीया बिना कालाथोकीको मृत्यु भएको हो।

प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि शवलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनका श्रीमान विदेशमा रहेकाले उनी आउने बेलासम्म शव अस्पतालमा राखिने भएको छ ।