|  

१२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका

७ भदौ, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल बेपत्ता भएको करिब १२ घण्टापछि सकुशल फेला परेकी छन् ।

स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला अचानक बेपत्ता भएकी थिइन् ।

बालिका हराएपछि उनका हजुरबुबाले प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा बालिका फेला परेकी हुन् ।

बालिका आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ सकुशल अवस्थामा भेटिएकी हुन् ।