|  

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट कति पुग्यो? 

७ भदौ, काठमाडौं ।  बजारमा अण्डाको उत्पादन घटेसँगै मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु, गर्मी र उत्पादन लागत बढेका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य बढेको हो।

गत साउन ६ गतेको तुलनामा एक महिनामै अण्डाको मूल्य प्रतिक्रेट ७५ रुपैयाँसम्म बढेको छ। हाल एक्सएल अण्डा प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो ५७५ रुपैयाँ, मिडियम ५२० रुपैयाँ र सानो अण्डा ४४८ रुपैयाँ पुगेको छ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट ५७० रुपैयाँभन्दा माथि पुगेको थिएन।