|  

केएस भरतले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

७ भदौ, काठमाडौं । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।

काठमाडौं गोर्खाजले ३२ वर्षीय भरतलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए ।

उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्।भरत एनपीएलको आगामी संस्करणका लागि काठमाडौं गोर्खाजले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन्।