०७ भदाै,काठमाडाैं । मकवानपुरको विकट क्षेत्रका रूपमा रहेको कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र हेटौंडास्थित सिएमसी हस्पिटलबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतीले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै गाउँपालिकाका नागरिकहरूले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण र सहुलियत प्राप्त गर्नेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो सम्झौता गरिएको जानकारी दिए । उनले भने,‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । विशेषगरी चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न र गुणस्तरीय सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले प्राथमिकता दिएको छ ।’
गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विकास अन्तर्गत हाल आफ्नै १० शैय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । नागरिकले गाउँपालिकाद्वारा जारी गरिएको परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र पेश गरेर सिएमसी हस्पिटलबाट स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ । यसैबीच, गाउँपालिकाको आयोजना तथा सिएमसी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक–कान–घाँटी, र अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमकाअनुसार उक्त शिविरबाट ३ सय ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् । अध्यक्ष मुक्तानले शिविरमा सहभागी नागरिकहरूलाई थप उपचार आवश्यक परेमा गाउँपालिकामै सञ्चालित अस्पतालबाट सेवा लिनसमेत आग्रह गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar