|  

रामकुमारीको प्रश्नःअध्यक्ष मात्रै हटाउनुलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?

७ भदौ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले बुझ्न नसकेको बताएकी छन् ।

फेसबुकमार्फत अध्यक्ष केपी शर्मा ओलीको पक्षमा धारणा राख्दै उनले पुनर्गठन अभियानमाथि प्रश्न उठाएकी हुन्।

‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् ।