|  

रास्वपाका पूर्व नगर सभापति न्यौपाने कांग्रेस प्रवेश

७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर,सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।