|  

सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृ#त फेला

७ भदौ, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार बिहान घरपछाडिको झाडीमा मृत फेला परेकी हुन् ।

बिहान करिब ९ बजेसम्म घरमै देखिएकी बालिका त्यसपछि हराएपछि खोजी गर्दा घरदेखि करिब ६० मिटर पछाडि उनको शव भेटिएको प्रहरीले जनाएको छ।

बालिकाको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।