|  

रवि लामिछानेको चीन भ्रमण स्थगित

७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ ।

उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण यसअघि एक महिना सारिएको थियो। तर सेप्टेम्बर दोस्रो साता पनि लामिछाने चीन नजाने भएका छन् ।

अब सांसदहरूको टोली मात्रै चीन जाने तयारी रहेको स्रोतले जनाएको छ । सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन् । तर त्यसको मिति हाल तय छैन ।