०७ भदाै, काठमाडाैं । जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेन–जी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन् ।
जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जेन–जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिनुभयो । उहाँले स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले सरकारले व्यहोेर्नुपर्ने बताउनु भयो । उहाँले शहीदका परिवार तथा घाइतेहरु आर्थिक रुपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यव्स्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्नुभयो । उहाँले संयुक्त समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्र सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको समेत बताउनु भयो । उहाँले महायज्ञको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो,‘हामी जेनजी आन्दोलनका शहीदको स्मृतिमा यही भदौ २३ गते स्मृति दिवस मनाउँदैछौँ । आन्दोलनको क्रममा जलाइएको बानेश्वरस्थित संसद भवनभित्रै स्मृति दिवस मनाउँदैछौँ । हामी जेन–जी शहीद र घाइतेको परिवार आर्थिक रुपमा त्यति बलियो छैन । त्यसकारण सरकारले यो कार्यक्रमको सबै कुराको स्वामित्व लिओस् । तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन् । र हाम्रो अर्को कार्यक्रम पनि छ आउँदो असोज १५ गतेदेखि हामी ७ दिने महायज्ञ पनि लगाउँदैछौँ । त्यो महायज्ञ समेत त्यही भवनभित्र लगाउनेछौँ । त्यसको पनि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी समेत सरकार सरकारले लिनुपर्छ । मैले यो विषयमा गृहमन्त्रीसँग छलफल गरेको थिएँ । उहाँले यो विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल गरेर जानकारी गराउँछु भन्नुभएको थियो । तर अहिलेसम्म पनि जानकारी गराउनुभएको छैन ।’
जेन–जी शहीदको स्मृति दिवस मनाउने सम्बन्धमा गृहमन्त्री सुधन गुरुङसँग छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन–जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar