|  

सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, एक जना शंकास्पद व्यक्ति नियन्त्रणमा

०७ भदाै, काठमाडाैं । सप्तरीकाे शम्भुनाथ नगरपालिकामा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई शंकास्पद रूपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार पक्राउ परेका व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। शम्भुनाथ नगरपालिका–३ का इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट अचानक बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको थियो। घटनाको कारण र बालिकाको मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।