|  

रास्वपाका नेताहरूलाई रविको सन्देश : ‘३५ वर्षको हिसाब होइन, अबको ३५ वर्षको योजना बनाऔँ’

०७ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतका राजनीतिक कमजोरी देखाएर अन्य दललाई दोष दिनुभन्दा आगामी ३५ वर्षको योजना बनाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन्।

आइतबार नीति, संगठन तथा नेतृत्व कार्यशालामा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै लामिछानेले अब विगतको हिसाबकिताबमा अल्झिने समय नरहेको बताए। “वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं। जति सके गरे, धन्यवाद। अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ,” उनले भने। लामिछानेले राम्रो काम गर्न नसकिए पनि कम्तीमा गलत काम नगर्न नेताहरूलाई सुझाव दिए। विगतमा दोष लगाउने धेरै व्यक्ति र नेता भए पनि अहिले जिम्मेवारी आफ्नै काँधमा रहेको उनको भनाइ थियो। “दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं। आज कसलाई दोष देखाउने ?” उनले प्रश्न गरे।