|  

ट्राफिक कन्ट्रोल गर्न सडकमा एआई रोबोट,नियम मिच्नेलाई ठाउँका ठाउँ चेतावनी

८ भदौ, काठमाडौं । पूर्वी चिनियाँ सहर हाङझाउका व्यस्त चोकहरूमा १.८८ मिटर (६ फिट २ इन्च)अग्लो र ९८ केजी तौल भएको टी२ नामक रोबोट परिचालन गरिएको छ ।

स्थानीय प्रविधि कम्पनी सुप्कन इन्फर्मेसनले निर्माण गरेको यो रोबोटमा क्यामेरा, राडार र एआई प्रविधि जडान गरिएको छ ।

यसले हेल्मेट नलगाउने, जेब्रा क्रसिङ मिच्ने वा रातो बत्ती क्रस गर्नेलाई पहिचान गरी विनम्रतापूर्वक चेतावनी दिन्छ। साथै, यसका यान्त्रिक हातहरूले हुबहु ट्राफिक प्रहरीको जस्तै इशारा पनि गर्न सक्छन्।

गत मे महिनादेखि परिचालित यी १५ वटा रोबोटहरूले ट्राफिक नियम उल्लंघनका घटनामा ४० प्रतिशतले कमी ल्याएका छन्।