|  

टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

८ भदौ, काठमाडौं ।  अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० क्रिकेट शृंखलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

नेपाल ‘ए’ले प्रतियोगितामा यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको थियो।

लगातार दुई हारपछि नेपाल ‘ए’ आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।