|  

अमेरिका–इरान युद्धका कारण भारतमा अकासियो रूसी तेलको आयात

८ भदौ, काठमाडौं । अमेरिका–इरान युद्धका कारण भारतले हालसम्मकै उच्च मात्रामा रूसी तेलको खरिद गरेको छ ।

जुन र जुलाई महिनामा भारतले प्रतिदिन २६ लाख ब्यारेलभन्दा बढी रूसी तेल आयात गरेको छ । यो फेब्रुअरीमा आयात भएको न्यूनतम १० लाख ब्यारेल प्रतिदिनको तुलनामा उल्लेख्य वृद्धि हो।

रूसी तेलले भारतको कुल कच्चा तेल आयातको आधाभन्दा बढी हिस्सा ओगटेको छ। भारतले समग्रमा प्रतिदिन ५० लाख ब्यारेल तेल आयात गरिरहेको छ।

यो फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि बमबारी सुरू गरेयताकै उच्च स्तर हो।