|  

हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छः अमरेश कुमार सिंह

८ भदौ, काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास र प्रभाव घट्दै गएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना तथा सप्तरीमा बालिकाको हत्या भएको घटनाले आफूहरूलाई मर्माहत बनाएको बताए ।

 ‘यो दुइटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक र सामाजिक सद्भावको कुरा होस् । या बिभिन्न किसिमका आन्दोलन होस् । मिटरब्याज पीडितको होस्, लघुवित्त पीडितको होस् चाहे डाक्टरको होस् दिनका दिन भइरहेको छ’ सांसद सिंहले भने, ‘यसले के देखाउँछ कि, हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’