|  

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीनजनाको मृ#त्यु, दुई घाइते

८ भदौ, काठमाडौं । उदयपुरमा स्कुल बस र अटो एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सोमबार बिहान करिब ९ः४५ बजे बेलका नगरपालिका–५ जहडामा सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको को१ख ३५१६ नम्बरको बस र को । प्र.०५–००१ ह ०६१३ नम्बरको अटो ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारका क्रममा बेलका–५ की ३४ वर्षीया मन्दिरा मगर, अर्की एक महिला र अटो चालक २८ वर्षीय इन्द्र थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते बेलका–५ का १८ वर्षीय रोशन मगर र विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङको उपचार भइरहेको छ। दुर्घटनामा संलग्न अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ।