|  

देशभर मनसुनी वायुको प्रभावः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

९ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णालीलगायत प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेस र कोशीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको  छ ।

राति पनि विभिन्न प्रदेशमा वर्षा जारी रहने र कोशी, बागमती तथा गण्डकीका हिमाली-पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।